चिलीमा राहदानी तथा कन्सुलर सेवा बारे सूचना

यस राजदूतावासबाट गैरआवासीय नेपाली संघ, चिलीको सहयोगमा सान्टियागोमा यही २७ मार्च र ३० मार्च २०२४ मा राहदानी तथा कन्सुलर घुम्ती शिविर संचालन हुन गैरहेकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सम्पर्कः     नेपाली राजदूतावासका प्रथम सचिव श्री बाबुराम सिग्द्याल +55 61 8423-4475

गैरआवासीय नेपाली संघ, चिलीका अध्यक्ष श्री नवीन शिर्खाकार +56 9 8786 2457; वरिष्ट उपाध्यक्ष श्री सरोज अर्याल +56 9 6311 7006; महासचिव श्री नवीन श्रेष्ठ +56 9 4621 6867

 

  1. राहदानीको म्याद समाप्त भएका वा एक वर्ष भित्र म्याद रहेका नेपाली नागरिकले अनलाइन आवेदन गर्न सक्नुहुनेछ ।
  2. फाराम भर्न कम्प्युटरबाट राहदानी विभागको nepalpassport.gov.np मा गर्इ Apply for e-Passport क्लिक गर्ने ।  त्यसपछि ३४ पृष्ठको राहदानी छनौट गरी I agree भन्ने बटन थिच्ने ।
  3. राहदानी नवीकरण नियमित हो वा हराएको वा चोरी भएको वा बिग्रेको के हो यकिन Type of Application छनौट गर्ने । हस्तलिखित राहदानी हुनेले First Issuance छनौट गर्ने ।
  4. Book your appointment पेजमा Appointment country मा other र appointment location मा NE Brasilia छनौट गरी उपलव्ध कुनै पनि मिति र समय छान्ने ।
  5. सबै विवरण भरिसके पछि नागरिकता र राहदानीको सक्कल प्रति (फोटोकपीको होइन) को स्क्यान अपलोड गर्ने । प्रति स्क्यान अधिकतम 200 kb हुनुपर्छ ।
  6. सबै डाटा सेभ गरिसकेपछि फाराम डाउनलोड गरी प्रिन्ट गर्ने । उक्त फारामको PDF, नागरिकता र राहदानीको सक्कलको स्क्यान embaixadanepal@gmail.com मा २२ मार्च भित्र पठाउने ।
  7. सोही मिति भित्र राहदानी शुल्क बुझाउने (नियमित नवीकरणको ८१०; हराएको वा बिग्रेको भएमा दोब्बर)
  8. फोटो खिचाउन माथि उल्लिखित मिति र स्थानमा फाराम, नागरिकता र पुरानो राहदानीको सक्कल र फोटोकपी सहित जाने । अन्य कन्सुलर सेवाका लागि पनि दूतावाससँग अग्रीम समन्वय गर्ने ।

 

हेर्नुहोस सूचनाः

चिलीमा राहदानी घुम्ती सेवा सम्बन्धी सूचना